prabhu

ग्लोबल आइएमई बैंकको २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले २ नयाँ शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकले दाङ्गको बबई गाउँपालिका-४ हापुरे र नवलपरासीको हुप्सेकोट गाउँपालिका-४ शंकरदेवमा नयाँ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो । उक्त शाखारहित बैंकिङ सेवा संचालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या २४३ पुगेको छ ।
शाखा रहित बैंकिङ सेवाबाट देशका विभिन्न ग्रामीण क्षेत्रका स्थानिय बासिन्दाले स्थानिय प्रतिनिधिमार्फत बैंकिङ सेवा लिन सक्ने भएका छन् । यसबाट निक्षेप खाता खोल्ने, तोकिएको सीमा सम्मको रकम जम्मा गर्ने तथा झिक्ने, आफ्नो खातामा रहेको मौज्दातको जानकारी लिने, कर्जाको व्याज भुक्तानी गर्ने, एनटिसी, सिडिएमए, युटिएलको महसुल भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने लगायतका सेवा लिन सक्ने भएका छन् ।
कृषि, रेमिट्यान्स तथा पर्यटन मुख्य आयस्रोत रहेको यी क्षेत्रका बासिन्दाले बैंकिङ सेवा उपभोग गर्नका लागि टाढा–टाढासम्म पुग्नुपर्ने बाध्यतालाई हटाउनको लागि ग्लोबल आइएमई बैंकले त्यी स्थानहरुमा शाखारहित बैंकिङ सेवा सुरु गरेको हो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै