prabhu

नेपाल बैंकर्स संघको उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित

Nepal Bankers Association
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंकर्स संघ (एनबीए) को उपाध्यक्षमा अनिल कुमार उपाध्याय निर्वाचित भएका छन् । मंगलबार सम्पन्न संघको वार्षिक साधारणसभाले कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) उपाध्यायलाई संघको उपाध्यक्ष पदमा चयन गरेको हो ।
साथै सभाले माछापुच्छ्रे बैंकका सीईओ सन्तोष कोइराला र नेपाल एसबिआई बैंकका सीईओ दीपक कुमार देलाई संघको कार्यकारिणी समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेको छ । वार्षिक कार्यक्रमका प्रमुख अतिथी नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले समग्र आर्थिक अवस्थाका बारेमा जानकारी दिंदै मूल्य वृद्धि दर नियन्त्रण भित्र रहेको, चालु खाता र शोधान्तर अवस्था वचतमा रहेको तथ्याङ्क प्रस्तुत गर्दै विदेशी मुद्राको संचिति पनि निकै राम्रो अवस्थामा रहेको बताएका छन् ।
गभर्नरले नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणालीलाई प्राथमिकतामा राखेको जानकारी गराउँदै क्यु आर कोड भुक्तानीलाई थप प्रभावकारी ढङ्गले अघि बढाउन बैंकहरुलाई निर्देशन दिनुका साथै बैंकहरु मर्जरमा जान चाहेमा राष्ट्र बैंकले आवश्यक सहजीकरण गर्ने आश्वासन समेत दिएका छन् । संघले प्रत्येक वर्ष बैंकिङ क्षेत्रमा योगदान दिनुहुने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष नेपाल राष्ट्र बैंकको पूर्व गभर्नर तथा नबिल बैंकको पूर्व अध्यक्ष सत्येन्द्र प्यारा श्रेष्ठलाई सम्मानित गरेको छ । सम्मान पत्र ग्रहण पश्चात् उनले सबै प्रति कृतज्ञता व्यक्त गर्दै अहिलेको चुनौतीपूर्ण अवस्थावाट वाहिर आउन एकजुट भएर लाग्नुपर्ने पनि बताएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै