PRABHU BANK

गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा पुस २९ गते हुने

Guheswori Finance
  • बैंकिङ संसार
काठमाडौं । गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको १९औं वार्षिक साधारणसभा पुस २९ गते हुने भएको हो । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बिहान ११ बजे गुहेश्वरी भवन हरिहरभवन ललितपुरमा साधारणसभा गर्ने निर्णय गरेको हो ।
साधारणसभा प्रयोजनका लागि पुस २१ गतेदेखि २८ गतेसम्म वित्तीय संस्थाको सेयरधनी दर्ता पुस्तिका बन्द (बुक क्लोज) गर्ने भएको छ । साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको हाल कायम चुक्ता पूँजीको ३.४० प्रतिशत नगद लाभांश र ८ प्रतिशत बोनस सयर पारित गर्ने भएको छ ।
यस वित्तीय संस्था तथा अन्य कुनै उपयुक्त बैंक तथा वित्तीय संस्था एकआपसमा मर्ज गर्ने÷गराउने, एक वा एक भन्दा बढी उपयुक्त वित्तीय संस्थाहरु प्राप्ति सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव समेत एजीएमबाट पारित हुने कम्पनी सचिव श्रेष्ठले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै