काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३६ रुपियाँ ५४ पैसा र बिक्री दर १३७ रुपियाँ १४ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ३४ पैसा र बिक्रीदर १०० रुपियाँ ७८ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ४२ पैसा र बिक्रीदर १०७ रुपियाँ ९० पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १६१ रुपियाँ २३ पैसा र बिक्रीदर १६१ रुपियाँ ९३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपियाँ ९६ पैसा र बिक्रीदर १८८ रुपियाँ ७९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपियाँ ०७ पैसा र बिक्रीदर १७३ रुपियाँ ८३ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ ४७ पैसा र बिक्रीदर १४ रुपियाँ ५३ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ६१ पैसा र बिक्रीदर २१ रुपियाँ ७० पैसा तोकिएको छ ।
यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ ५५ पैसा र बिक्रीदर नौ रुपियाँ ८० पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ०६ पैसा र बिक्रीदर १९ रुपियाँ १५ पैसा, थाइ भाट एकको खरिददर चार रुपियाँ २१ पैसा र बिक्रीदर चार रुपियाँ २३ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपियाँ ०९ पैसा र बिक्रीदर १० रुपियाँ १३ पैसा, हङ्कङ डलर एकको खरिददर १७ रुपियाँ ३९ पैसा र बिक्रीदर १७ रुपियाँ ४७ पैसा रहेको छ । त्यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा, कुवेती दिनार एकको खरिददर ४४७ रुपियाँ ५३ पैसा र बिक्रीदर ४४९ रुपियाँ ५० पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ १३ पैसा र बिक्रीदर ३६३ रुपियाँ ७२ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ६४ पैसा र विक्रीदर ३५६ रुपियाँ २० पैसा रहेको छ ।
यता, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ४१ पैसा र बिक्रीदर ३६ रुपियाँ ५७ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४६ पैसा र बिक्रीदर ३७ रुपियाँ ६३ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १७ पैसा र बिक्रीदर ३७ रुपियाँ ३४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ५३ पैसा र बिक्रीदर ३२ रुपियाँ ६७ पैसा तोकिएको छ ।