PRABHU BANK

एभरेष्ट बैंक लिकिटेडको २६ औं वार्षिक साधारणसभाद्धारा प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित

Everest Bank
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २७ गते सोमबार सम्पन्न २६औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । सभाले सेयरधनीलाई आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट ५ प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) गरी १०.५३ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको हो ।
बैंकले प्रस्तावित बोनस सेयर जारी भए पश्चात चुक्ता पुँजी बृद्धि हुने र नेपाल राष्ट्र बैंकको स्वीकृति बमोजिम संस्थापक समूहको ९.९१ प्रतिशत सेयर सर्वसाधारण समूहमा परिणत भए पश्चात संस्थापक समूह र सर्वसाधारण समूहको सेयर स्वामित्व संरचना परिवर्तन गर्न प्रबन्धपत्र संशोधन गर्नु पर्ने प्रस्ताव छलफल गरि पारित गरेको छ ।
सभाले आगामी ४ वर्षका लागि सर्वसाधारण सेयरधनीहरुका तर्फबाट प्रतिनिधित्व गर्ने दुई जना संचालक नबिन भक्त श्रेष्ठ र श्रीमती उर्मिला श्रेष्ठलाई निर्विरोध निर्वाचित गरेको हो । भर्चुअल माध्यमबाट सम्पन्न साधारणसभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७६०७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब र बार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै