PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित २० प्रतिशत लाभांश पारित

NMB Laghubitta
  • बैंकिङ संसार
पोखरा । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २७ गते सोमबार सम्पन्न संस्थाको ८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त साधारणसभाले बैंकको प्रस्तावित २० प्रतिशत लाभांश पारित गरेको हो ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पुँजीको १ प्रतिशतका दरले हुन आउने रकम ४५ लाख ३६ हजार १७५ रुपैयाँ नगद लाभांश वापत (बोनस सेयरको कर प्रयोजनको लागि मात्र) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै १९ प्रतिशतले हुन आउने ८ करोड ६१ लाख ८७ हजार ३२५ रुपैयाँ बराबरको बोनस सेयर जारी गर्ने प्रस्तावसमेत सभाले पारित गरेको छ । हाल संस्थाको चुक्ता पुँजी ४५ करोड ३६ लाख रुपैयाँ रहेको छ भने १९ प्रतिशत बोनस पश्चात लघुवित्तको चुक्ता पुँजी ५३ करोड ९८ लाख रुपैयाँ पुग्ने भएको छ । 
सोमबार संस्थाका सञ्चालक समिति अध्यक्ष सजिव सुब्वाको सभापतित्व तथा नेपाल राष्ट्र बैकका प्रदेश प्रमुख ईश्वरी प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा साधारणसभा सम्पन्न भएको हो । कम्पनी सचिव गोविन्द बाँस्तोलाले सञ्चालन गरेको सभामा एनएमबि बैंकको तर्फवाट प्रतिनिधित्व गरेका सञ्चालक गोविन्द घिमिरेले समेत सेयरधनी समक्ष आफ्नो धारण पनि राखेका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै