prabhu

कामना सेवा विकास बैंकको १४औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित ४.६३ प्रतिशत लाभांश पारित

Kamana Sewa Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । कामना सेवा विकास बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको पुस २९ गते बुधबार १४औं वार्षिक साधारणसभा सम्पन्न भएको हो । बैंकको उक्त वार्षिक साधारणसभा काठमाडौं बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा सम्पन्न भएको हो । उक्त साधारणसभाले सञ्चालक समितिको प्रस्तावित ४.६३ प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/०७७ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.४० प्रतिशत बोनस र ०.२३ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी ४.६३ प्रतिशत लाभांश पाउने भएका छन् । २ अर्व ५४ करोड रुपैयाँ रहेको संस्थाको चुक्ता पुँजी बोनस सेयर पछि २ अर्व ६५ करोड रुपैयाँ नाघेको छ । बैंकले आर्थिक वर्ष २०७७/०७८ को लेखापरीक्षण गर्नको लागि बैंकको लेखापरीक्षण समितिद्वारा सिफारिस गरिएबमोजिम लेखापरीक्षक जि.पि राजवाहक एण्ड कम्पनी चार्टड एकाउन्टेण्ट्सलाई पून नियुक्ति गरेको छ ।
यससँगै कोभिडको प्रभाव कम हुंदै गई आर्थिक गतिविधिहरु सामान्य अवस्थामा चलायमान हुँदै गएको हुनाले शाखा सञ्जाल, बैंकिङ कारोबारको संख्यामा भएको उल्लेख्य वृद्धि, कर्जा तथा निक्षेपमा भएको वृद्धि, डिजिटाइजेसनमा गरेको दिगो लगानी, बजारमा बैंकले पारेको प्रभावका कारण आगामी वर्ष राम्रो प्रतिफल प्रदान गर्नेमा विश्वस्त रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले चालु आर्थिक वर्षको स्वीकृत बजेट तथा कार्यक्रमअनुसार निर्धारण गरिएका लक्ष्यहरु हासिल हुने गरी कार्यक्रम संचालन गरेको तथा यस बैंकको भावी रणनीति प्रस्तुत गर्दै यस बैंकलाई अत्याधिक प्रतिस्पर्धात्मक बजारमा एक अब्बल विकास बैंंकको रुपमा स्थापित गराउने कार्ययोजना सहित अगाडि बढेको बताएका छन् ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै