DISH HOME

नेपाल राष्ट्र बैंकले गर्यो नयाँ व्यवस्था, विदेशबाट ऋण ल्याउँदा ३ प्रतिशत प्रिमियम जोड्न पाईने

Nepal Rastra Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ व्यवस्था गरेको छ । बैंकले विदेशबाट ऋण ल्याउँदा लागत व्याजदरमा थप ३ प्रतिशतसम्म प्रिमियम जोड्न पाउने व्यवस्था गरेको हो । बैंकको विदेशी विनिमय विभागले एकिकृत परिपत्र २०७६ संसोधन गर्दै सो व्यवस्था गरेको हो । विदेशी लगानीकर्ता भएका नेपाली कम्पनीले आफ्नो प्यारेन्ट कम्पनी वा ग्रुपबाट ऋण लिन राष्ट्र बैंकले यस्तो व्यवस्था गरेको हो । यसअघि प्रचिलित वार्षिक व्याजदरमा २ प्रतिशतभन्दा बढी प्रमियम दर थप गर्न नपाइने व्यवस्था थियो ।
यस्तै राष्ट्र बैंकले भारतबाट लिने ऋणको हकमा भने भारतीय रिजर्व बैंकले प्रकाशन गरेको पछिल्लो विवरण अनुसार एक वर्षको मार्जिनल कष्ट अफ फण्डको औषतसम्म पाउने भएका छन् भने चीनबाट लिइने ऋणको हकमा बढिमा एक वर्षको (लोन प्राइम रेट) सम्म पाइने भएको छ । उनीहरुले ल्याउने ऋण तोकिएको क्षेत्र भन्दा बाहिर लगानी गर्न नपाउने राष्ट्र बैंकको सो परिपत्रमा उल्लेख गरिएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै