PRABHU BANK

कृषि विकास बैंकको १४औं वार्षिक साधारणसभाद्धारा प्रस्तावित १५ प्रतिशत लाभांश पारित

Agricultural Development Bank
  • बैंकिङ संसार
काठमाडौं । कृषि विकास बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २९ गते मंगलबार सम्पन्न १४औं वार्षिक साधारणसभाले प्रस्तावित १५.७८९५ प्रतिशत लाभांश पारित गरेको हो ।
बैंकको सञ्चालक समितिको १५ प्रतिशत बोनस र ०.७८९५ प्रतिशत नगद (कर प्रयोजनको) सहित प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले उक्त मात्राको लाभांश पाउने भएका छन् । कम्पनीका अनुसार हाल बैंकको करिब ३ लाखको संख्यामा सेयरधनीहरु रहेका छन् ।
बैंकको १४औं वार्षिक साधरणसभा भर्च्युअल माध्यमबाट बैंकको केन्द्रिय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा सम्पन्न भएको हो । बैंकले हाल २ सय ७६ वटा शाखा कार्यालयमार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैकिङ सेवा प्रदान गर्दै आईरहेको छ । त्यस्तै नेपालका वाणिज्य बैंकहरुमध्ये बैंकको सबैभन्दा बढी अधिकृत पुँजी रहको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै