PRABHU BANK

ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको पुस २९ गते सम्पन्न १४औं वार्षिक साधारणसभाले बैंकको अध्यक्षमा ढकाललाई निर्विरोध चयन गरेको हो । सभाले चन्द्रप्रसाद ढकालको अध्यक्षतामा बैंकको नयाँ सञ्चालक समितिको समेत निर्वाचन गरेको छ ।
अन्य सञ्चालक संस्थापक सदस्यहरुमा क्याबिनेट श्रेष्ठ र रामबहादुर भण्डारी रहेको छन् भने सर्वसाधारण सदस्यहरुमा सुदर्शन कृष्ण श्रेष्ठ, कृष्णप्रसाद शर्मा र दिपक शर्मा पोखरेल रहेको छन् । नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकाललाई नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पद तथा गोपनीयताको सपथ ग्रहण गराएका हुन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै