PRABHU BANK

नबिल बैंकको साधारणसभाद्धारा प्रस्तावित ३५ प्रतिशत लाभांश पारित

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २९ गते सम्पन्न ३६औं वार्षिक साधारण सभाले सञ्चालक समितिको प्रस्तावित ३५.२६ प्रतिशत लाभांश पारित गरेको हो ।
यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट हालको चुक्ता पुँजीको ३३.५ प्रतिशत बोनस र १.७६ प्रतिशत नगद गरी कूल ३५.२६ प्रतिशत लाभांश पाउने भएका छन् । त्यस्तै उक्त बोनस सेयर पश्चात बैंकको सेयर पुँजी १३ अर्व ४८ करोड रुपैयाँ नाघेको छ । साथै सभाले सर्वसाधारण सेयरधनी समुहको तर्फबाट प्रतिनिधित्व गरेका अनन्त पौड्याल र प्रविन टिवडेवालालाई निर्विरोध निर्वाचित गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम नाफा ३ अर्व ४६ करोड रुपैयाँ हासिल गर्न बैंक सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३.६१ प्रतिशत र प्रतिसेयर आम्दानी ३६.१६ रुपैयाँ हासिल गरी आफ्नो वासलात विस्तार गर्दै २ खर्व ३७ अर्व रुपैयाँ पुर्याएको छ । नबिल बैंकले १ सय १९ वटा शाखाहरु, १ सय ८५ वटा एटीएम र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत आफ्ना ग्राहकहरुलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै