PRABHU BANK

मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले लिइन् पद तथा गोपनियताको शपथ

Manjushree Finance
  • बैंकिङ संसार
काठमाडौं । मञ्जुश्री फाइनान्सको नवनियुक्त अध्यक्ष इन्दिरा पन्डित घिमिरेले पद तथा गोपनियताको शपथ लिएकी छिन् । उनले माघ ४ गते आइतबार नेपाल राष्ट्र बैंक नियमन विभाग प्रमुख देवकुमार ढकालबाट पद तथा गोपनियताको शपथ लिएकी हुन् । कम्पनीको हालै सम्पन्न १३औंं वार्षिक साधारणसभापछि बसेको बैठकले उनलाई संस्थाको अध्यक्ष पदमा नियुक्त गरेको हो । १३औं वार्षिक साधारणसभाबाट संस्थापक समूहका सेयरधनीकातर्फबाट सञ्चालकको पदका लागि यादब अधिकारी, रामहरी शर्मा र रविन राज देवकोटा र सर्वसाधारण सेयरधनीकातर्फबाट दिलमान सिंह चन्द निर्विरोध निर्वाचित भएका छन् ।
राष्ट्रिय स्तरको संस्थाले हालसम्म ९ अर्व रुपैयाँ निक्षेप संकलन तथा ७ अर्व ९६ करोड रुपैयाँ कर्जा लगानी रहेको छ । काठमाडौंको नयाँ बानेश्वरमा केन्द्रीय कार्यालय रहेको संस्थाले न्युरोड काठमाडौं, नारायणगढ, बुटवल, धनगढी, इटहरी, बिराटनगर, नेपालगञ्ज, धरान, पोखरा तथा वीरगञ्जशाखाबाट कारोबार गरिरहेको छ । यस फाइनान्सले उच्चतम ब्याज दरमा निक्षेप तथा सुलभ दरमा कर्जा प्रवाह लगायत आफ्ना ग्राहकलाई रेमिटान्स, मोवाइल बैंकिङ्ग, एटीएम कार्ड लगायतका अन्य आधुनिक बैंकिङ्क सुविधा उपलव्ध गराउँदै आएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै