PRABHU BANK

स्वाभिमान लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को लाभांश दिने

Swabhimaan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
कम्पनीको माघ ४ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई २० प्रतिशत बोनस र कर प्रयोजनको लागि १.०५ प्रतिशत नगद गरी कूल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
हाल संस्थाको चुक्ता पुँजी ७ करोड ६७ लाख रुपैयाँ रहेको छ भने २० प्रतिशत बोनस सेयरपछि संस्थाको चुक्ता पुँजी ९ करोड २० लाख रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आव २०७५/७६को नाफाबाट सेयरधनीलाई २५.२७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै