PRABHU BANK

वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने, भयो अन्तिम सम्झौता

Womi Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने भएका छन् । वोमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तलाई १ः१ को स्वाप रेसियोमा गाभ्ने भएको हो । वोमी र ग्रामीण स्वयंसेवक लघुवित्त बीच मर्जर सम्बन्धी अन्तिम सम्झौता पत्रमा हस्ताक्षरसमेत भएको छ ।
गत माघ ४ गते दिउँसो ४ बजे उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो । यससँगै वोमी लघुवित्त वित्तीय संस्थाको बन्द रहेको सेयर कारोबार पनि फुकुवा भएको छ । हाल कम्पनीले ३८ जिल्लामा ६१ वटा शाखा कार्यालयहरुमार्फत ४७ हजार सदस्यहरुमा कुल उठाउन बाँकी कर्जा रकम ३ अर्व रुपैयाँ तथा बचत रकम १ अर्व १० करोड रुपैयाँ संकलन गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै