PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले निष्कासन गरेको प्राथमिक सेयरमा १४ अर्व रूपैयाँको आवेदन, कतिले भरे सेयर ?

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले जारी गरिरहेको प्राथमिक सेयर (आईपीओ)मा हालसम्ममा करिब १४ अर्व रूपैयाँको आवेदन परेको छ । माघ ५ गते सोमबार ५ बजेसम्ममा १३ अर्व ९९ करोड ७३ लाख ७९ हजार रूपैयाँ बराबरको आवेदन परेको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको हो ।क्यापिटलका अनुसार सो अवधिसम्म ११ लाख ६३ हजार ८० जना आवेदकले १३ करोड ९९ लाख ७२ हजार ७९० कित्ताको लागि आवेदन दिएका छन् । जुन कम्पनीले सर्वसाधारणमा माग गरेको भन्दा १.८४ गुणा बढी आवेदन हो । कम्पनीले सर्वसाधारणमा ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर माग गरेको हो ।
बैंकले माघ २ गतेदेखि प्रतिकित्ता १ सय रुपैयाँ दरको ८ करोड कित्ता सेयर अर्थात कूल ८ अर्व रुपैयाँ बराबरको आईपीओ निष्कासन गरिरहेको छ । जसमध्ये ०.२ प्रतिशत अर्थात् १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ५ प्रतिशत अर्थात् ४ लाख कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ७ करोड ५८ लाख ४० हजार कित्ता सेयर भने सर्वसाधारणका लागि छुट्याइएको छ । उक्त सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल रहेको छ । क्यापिटलका अनुसार कम्पनीको सेयरमा न्यूनतम १० कित्तादेखि अधिकतम २ करोड कित्तासम्म आवेदन दिन सकिने भएको छ । यससँगै इच्छुक सर्वसाधारणले माघ ६ गते अर्थात भोलि मंगलबार बैंकिङ समय भित्रमा आवेदन दिन पाउने भएका छन् ।
नेपाल धितोपत्र बोर्डले गत पुस १० गते मात्रै बैंकलाई सो मात्राको आईपीओ निष्कासन गर्न स्वीकृति दिएको हो । यसअघि नेपाली पुँजीबजारमा कुनै पनि कम्पनीले यति ठूलो आकारको सेयर जारी गरेका थिएनन् । यति ठूलो मात्रामा सेयर जारी गर्ने पहिलो कम्पनी नै नेपाल इन्फ्रास्ट्रक्चर बैंक हो । सेयर निष्कासन गर्न इक्रा नेपालले मोडेरेट क्रेडिट रिक्स जनाउने इक्रा एनपी इस्यूअर रेटिङ्ग त्रिपल बी ग्रेडिङ्ग प्रदान गरेको छ । उक्त क्रेडिट रेटिङ्ग प्राप्त संस्थालाई समयमानै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा मध्यम श्रेणीको सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा लिइन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै