नक्कली १००० को गड्डी बोकेर सानसँग हिंडिरहन्थे गणेश, डेरामै नक्कली नोटको कारखाना

भद्रपुर । काँकडभिट्टाबाट नक्कली नेपाली रुपियाँसहित एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार पक्राउ पर्नेमा तेह्रथुम जिल्ला ओयाक्जुङ गाउँपालिका–५ घर भई हाल झापाको कन्काई नगरपालिका–८ लक्ष्मीपुरमा कोठा भाडामा लिई बस्दै आएका २८ वर्षीय गणेश भारती रहेका छन् ।

उनी १००० रुपैयाँको नक्कली नोटको गड्डी बोकेर हिंडिरहेका थिए । प्रहरीले जाँच गर्दा नक्कली नोट फेला पारेपछि पक्राउ परेका उनलाई अदालतबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राखिएको छ ।

प्रहरी टोलीले भारती बस्ने कोठामा खानतलासी गर्दा थप नक्कली नोट र नोट छाप्ने सामग्री फेला परेको छ । प्रहरीका अनुसार विभिन्न दरका रु पाँच लाख ३० हजार ६८० बराबरका नक्कली नोट, नक्कली नोट छाप्ने मेसिन एक थान, नोटमा प्रयोग हुने विभिन्न प्रकारका रङलगायत सामग्री प्रहरीले बरामद गरिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्