PRABHU BANK

नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश आफ्ना सेयरधनीहरुलाई दिने

Nepal Insurance
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको हो । जुन पछिल्लो ५ वर्ष यताकै उच्च लाभांशदर हो । माघ ८ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस र २ प्रतिशत नगद (कर समेत) गरी कूल १० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई बीमा समितिले स्वीकृत गरेपछि र इन्स्योरेन्सको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल चुक्ता पुँजी १ एक अर्व १५ करोड रुपैयाँ रहेको कम्पनीको ८ प्रतिशत बोनसपछि चुक्ता पुँजी १ अर्व २४ करोड रुपैयाँ नाघ्ने छ ।
उक्त प्रस्तावित लाभांश गत ५ वर्ष यताकै उच्च लाभांशदर हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ७.८९ प्रतिशत लाभांश वितरण गरेको छ । त्यस्तै आर्थिक वर्ष २०७४/७५को नाफाबाट ७.५ प्रतिशत लाभांश वितरण गरेको थियो । त्यस्तैगरी आर्थिक वर्ष २०७३/७४ को नाफाबाट सेयरधनीले ४.५२ प्रतिशत बोनस वितरण गरेको थियो भने आर्थिक वर्ष २०७२/७३ नाफाबाट ५ प्रतिशत बोनस र आर्थिक वर्ष २०७०/७१ बाट ९.४७ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै