PRABHU BANK

एभरेष्ट इन्स्योरेन्स र पठाओ नेपालबीच सम्झौता, बीमा सुविधा प्रदान गर्न उद्देश्य

Everest Insurance
  • बैंकिङ संसार
काठमाडौं । एभरेष्ट इन्स्योरेन्स र पठाओ नेपालबीच सम्झौता भएको छ । राईड सेयरिंग तथा फुड डेलिभरी एप पठाओले ग्राहक र राईडर/चालकहरुलाई बीमा सुविधा प्रदान गर्न एभरेष्ट इन्स्योरेन्ससँग सम्झौता गरेको हो । यस सम्बन्धमा दुई संस्थाकाबीचमा साझेदारी पत्रमा हस्ताक्षर गरिएको पठाओ नेपाल प्रालिले जनाएको छ । 
साझेदारी अन्तर्गत राईडको दौरान ग्राहक तथा राईडर/चालकहरुको दुर्घटनाका कारण हुन सक्ने मृत्यु, अपाङ्गता जस्तो अवस्थामा बढीमा ५ लाख रुपैयाँसम्मको बीमा रकम प्राप्त गर्न सक्ने भएका छन् । यसको साथै ग्राहक तथा राईडर/चालकहरुले १ लाख रुपैंयासम्मको दुर्घटना उपचार बीमा पनि पाउँने भएका छन् । 
यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भए पश्चात ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन गर्नु पर्दछ । पठाओ एप प्रयोग गर्ने ग्राहक तथा राईडर/चालकहरुले यो सुविधा लिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै