DISH HOME

अर्थमन्त्रीले गभर्नर सिफारिस समितिको बैठक बोलाए, आझै गभर्नर नियुक्त हुने सम्भावना प्रवल !

काठमाडौँ। उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक बोलाएका छन्। अर्थमन्त्री विष्णु पौडेलले राष्ट्र बैंकको गभर्नर सिफारिस समिति बैठक आज (मंगलबार) अपराह्न ४ बजेपछि बोलाएका हुन् ।

यो बैठकमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा. विश्वनाथ पौडेल सदस्य रहेका छन्। समितिले गभर्नरको लागि तीन जनाको नाम सिफारिस गर्नेछ। जसमा डेपुटी गभर्नरको नाम अनिवार्य रूपमा समावेश हुनेछ।

सिफारिस समितिको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले गभर्नर नियुक्ति गर्ने प्रक्रिया अघि बढाउनेछ। गभर्नर पदको लागि डेपुटी गभर्नर नीलम ढुंगाना र बमबहादुर मिश्रका साथै राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट र डा. प्रकाशकुमार श्रेष्ठको नाम पनि चर्चामा छन्।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै