PRABHU BANK

ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता, कृषकहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने

Global IME Bank
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आइएमई बैंक र भण्डारा दूग्ध उत्पादक सहकारीबीच सम्झौता भएको छ । बैंक र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाबीच कृषि अनुदान कर्जामा साना किसानको पँहुच बढाउनको लागि सम्झौता भएको हो । ग्लोबल आइएमई बैंकका तर्फबाट बैंकका बाग्मती प्रादेशिक कार्यालय उप-प्रमुख विदुर ज्ञवाली र भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाका तर्फबाट अध्यक्ष डिल्ली प्रसाद थपलियाले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकले भण्डारा लगायत चितवनका विभिन्न ठाउँहरुमा बाख्रापालन, डेरी, तरकारी खेती, कुखुरापालन, बङ्गुरपालन, माछापालन तथा विभिन्न तथा फलफूलहरुको उत्पादन गर्ने कृषकहरुलाई स्थानीय सहकारीको सिफारिसमा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ । साथै भण्डारा दूग्ध उत्पादक सहकारी संस्थाले बैंकको सिफारिसमा साना किसानहरुलाई आवश्यक तालिमको व्यवस्था पनि गर्ने भएको छ ।
बैंकले हालसम्म देशभर २ सय ६४ शाखा, २ सय ४० एटीएम, २ सय ४४ शाखा रहित बैंकिङ सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै