PRABHU BANK

ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न, प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित

Jyoti Bikas Bank
  • बैंकिङ संसार
काठमाडौं । ज्योति विकास बैंकको १३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । बैंकको सभा बुधवार भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्त्वमा सम्पन्न भएको हो । उक्त सभाले बैंकको प्रस्तावित १० प्रतिशत बोनस सेयर पारित गरेको छ । माघ १४ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले सञ्चालक समितको उक्त प्रस्तावलाई पारित गरेको हो । कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै वार्षिक साधारणसभामा भर्चुअल प्रविधिमार्फत गरिएको थियो ।
सभाले बोनस सेयर पारित गरेसँगै बैंकका सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर पाउने भएका छन् । यससँगै बैंकको चुक्ता पुँजी ३ अर्व ८४ करोड रूपैयाँ नाघेको छ । सभाले बैंकको आर्थिक वर्ष २०७६/७७को वार्षिक प्रतिवेदन पारित गरेको छ । साथै साधारण सभाले ज्योति विकास बैंकको सञ्चालक समितिमा ५ जनालाई निर्विरोध निर्वाचित गरेको छ । बैंकले संस्थापक सेयरधनी समुहको तर्फबाट हरिप्रसाद, हरिचन्द्र खड्का, सन्तोष अधिकारीलाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ । यस्तैगरी सर्वसाधारण सेयरधनी समुहको तर्फबाट नरेशराज आचार्य र ध्रुव कोइरालालाई आगामी ४ वर्षको लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
बैंकको वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७६/७७ को सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहित २०७७ आषाढ मसान्तसम्मको वासलात, नाफा-नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गर्नुका साथै बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले हालसम्म १ सय ५ शाखा कार्यालय, ६१ वटा एटीएम र १ एक्सटेन्सन काउन्टरमार्फत सेवा उपलव्ध गराउँदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै