PRABHU BANK

बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता, कर्पोरेट-पे सेवा सुरु गर्ने

Bank Of Kathmandu
  • बैंकिङ संसार
काठमाडौं । बैंक अफ काठमाण्डू र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता भएको छ । बैंकले खाताबाटै विद्युतिय कारोबार गर्न सक्ने कर्पोरेट-पे प्रणालीको सुरुवात गर्नको लागि नेपाल क्लियरिङ्ग हाउससँग सम्झौता गरेको हो । बैंक अफ काठमाण्डूका तर्फबाट बैंकका प्रमुख सुचना अधिकार महेश मिश्र र नेपाल क्लियरिङ्ग हाउसका तर्फबाट हाउसका प्रमुख संचालन अधिकृत मुन्नी राजभण्डारीले उक्त सम्झौतापत्रमा गरेका हुन् ।
योसँगैं बैंकका संस्थागत ग्राहकहरुलाई डिजिटल माध्यमबाट रकम स्थानान्तरण, तलब व्यवस्थापन, सरकारी राजस्व भुक्तानी लगायत अन्य विभिन्न व्यावसायिक भुक्तानीहरु आफ्नो बैंकमा रहेको बैंक खाताबाट सजिलै गर्न सक्ने भएका छन् । उक्त प्रणालीमार्फत कनेक्ट आइपिएस वा एनसिएचएल आइपिएस भुक्तानी कारोबारहरु गर्न सकिने सुविधा रहेको छ । यस प्रणाली सुचारु गरेपश्चात् बैंकको संस्थागत ग्राहकहरुले तोकिएको कारोबार सीमा भित्र सबै आवश्यक भुक्तानीहरु गर्न सक्ने भएका छन् । संस्थागत ग्राहकहरुले यस सेवा सुचारुको लागि आवश्यक प्रकृया पुरा गरी बैंकमा आवेदन दिनुपर्ने भएको छ ।
साथै ग्राहकहरुले आफ्ना आवश्यकता बमोजिम यस प्रणालीमा एक भन्दा बढी बैंक खाताहरु समेत आवद्ध गरी कारोबार गर्न सकिने सुविधा रहेको छ । यस प्रणालीको प्रयोगले बैंकको शाखा कार्यालयहरुमा नपुगी विभिन्न बैकिङ कारोबारहरु चेकको प्रयोग नगरी अनलाईनको माध्यमबाट नै गर्न सकिने हुँदा संस्थागत ग्राहकहरुलाई सजिलो हुने विश्वास बैंकले लिएको छ । यस प्रणालीको सुरक्षित प्रयोग गर्न मल्टी लेयर अथेन्टिकेसनको व्यवस्था गरी कुनै कारोबार प्रविष्ट गर्न र स्वीकृत गर्न ग्राहकहरु आफैले निर्धारण गरेको आधिकारिक प्रयोगकर्ताहरुले मात्र पाउने सुरक्षित तथा सजिलो व्यवस्था गरिएको बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै