PRABHU BANK

नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता, महिला उद्यमीहरुलाई एसएमई कर्जा प्रदान गर्ने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक र नेपाल महिला उद्यमी महासंघबीच सम्झौता भएको छ । बैंकले नेपाल महिला उद्यमी महासंघका सदस्यहरुलाई एसएमई कर्जा दिने सम्बन्धी उक्त सम्झौता भएको हो । गैर नाफामुलक संस्थाको रुपमा रहेको नेपाल महिला उद्यमी महासंघलाई बैंकले एसएमई कर्जा दिने सम्बन्धी बिहिबार सम्झौता भएको हो ।
यस रणनीतिक साझेदारीमा कोभिड-१९ बाट प्रभावित लघु, साना तथा मझौला उद्यमहरुलाई नबिल बैंकबाट प्रदान लघु, साना तथा मझौला कर्जाले दिगो विकासको लागि वित्तीय आवश्यकता पूरा गर्न मद्दत पुर्याउनेछ । यसका साथै ती उद्यमीहरुले एफडब्लुइएनबाट वित्तीय सल्लाह र विकास सहयोग पनि पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै