PRABHU BANK

गरिमा विकास बैंकद्धारा ‘मेरो शेयर बचत खाता’ सार्वजानिक

Garima Bikas Bank
  • बैंकिङ संसार

काठमाडौं । नेपाल राष्ट्र बैंकबाट ‘ख’ बर्गको ईजाजत पत्र प्राप्त राष्ट्रिय स्तरको गरिमा विकास बैंक लिमिटेडले सेयर मार्केटलाई साधारण जनताको पहुँचसम्म पुर्याउन ‘मेरो सेयर बचत खाता’ सार्वजानिक गरेको छ । यो खाता अन्तर्गत ग्राहकहरुले न्युनतम रु ५०० मा खाता खोली निःशुल्क डिम्याट खाता र निःशुल्क सी-आस्बा सुविधालिन सकिनेछ । पहिला नै डिम्याट खाताहुने ग्राहकहरुले पनि यो खाता खोली निःशुल्क सी-आस्बाको सुविधा लिन सक्नुहुनेछ ।

वर्तमान अवस्थामा कोभिड-१९ को महामारीको कारणले अर्थतन्त्र शिथिल भएको अवस्थामा लगानीमा सकुंचन आएका कारण समग्र अर्थतन्त्रमा बचतको व्याजदरमा कमी आउँदा समेत यस बैंकले ‘मेरो सेयर बचत खाता’मा आर्कषक ५.५% ब्याजदर प्रदान गर्नेछ । जनमानसमा सेयरप्रतिको बढ्दो लोकप्रियतालाई मध्यनजर गर्दै सरल तवरले डिम्याट खाता खोल्ने सुविधा प्रदान गरि नेपाली सेयरमार्केटको स्तरोत्रतीमा केहि हदसम्म सहयोग पुर्याउने खाताको मुख्य उद्घेश्य रहेको यस बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकालले बताएका छन् । हाल गरिमा विकास बैंकले देशका ३५ जिल्लामा १०६ शाखा कार्यालयहरु र ५१ एटिएममार्फत आफ्ना ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय बैकिङ सुविधा दिदै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै