‘मौद्रिक नीति बनाउने बेला आउँदै छ, राष्ट्र बैंक नेतृत्वविहीन छ’

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद चन्दा कार्की भण्डारीले अन्तरास्ट्रिय नजरमा देशको वित्तीय प्रणाली सङ्काको घेरामा रहेको बताएकी छिन्। बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्।

सांसद भण्डारीले भनिन्, ‘मौद्रिक नीति बनाउने बेला आउँदै छ, तर राष्ट्र बैंक नेतृत्वविहीन छ, सरकारले महिना दिन बितिसक्दा पनि राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्न सकेको छैन। सरकार मौन छ, यो गम्बिर संकेत हो।

उनले बैंकको खराब कर्जा अनुपात निर्देशकीय सिमा भन्दा माथि रहेको उल्लेख गरेकी छिन्। उनले सभामा भनिन्, ‘विश्व बैंक र एडिबी जस्ता साझेदारहरूले नियामकीय स्थायित्व खोजिरहेका छन्, यस्तो हुँदा पनि सरकार भने मौन छ।’

योसँगै उनले जनताले आर्थिक राहात कत्ति पनि पाउन नसकेको उल्लेख गरेकी छिन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्