prabhu

मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई ‘वाइट अरर्किड रिर्सोट’ र ‘सुर्यविनायक मेडिकल स्टोर’ मा विशेष छुट

muktinath bikas bank

  • बैंकिङ संसार
काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिषा डेबिट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुलाई थप सेवा दिन सुर्यविनायकको ‘वाइट अरर्किड रिर्सोट’ र ‘सुर्यविनायक मेडिकल स्टोर’ सँग विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ ग्राहकहरुले सुर्यविनायकको ‘वाइट अरर्किड रिर्सोट’ मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १०% छुट र ‘सुर्यविनायक मेडिकल स्टोर’ विभिन्न सेवाहरुमा विशेष १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न बैंकको एटिएम प्रयोग गरी नेपालभरी रहेको भिषा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट निस्शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ ९बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३० आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै