काठमाडौँ। बैंकिङ कसुर मुद्दामा फरार रहेका दुई जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका १८ का ५३ वर्षीय वीरबहादुर देउवा र धनगढी उपमहानगर ३ का ३९ वर्षीय रामबहादुर साउद रहेका छन् ।
देउवालाई ८ लाख ९७ हजार रुपैयाँ जरिबाना र ३ महिना कैद सजाय तोकिएपछि उनी फरार रहेका थिए। देउवालाई कैलालीका प्रहरी नायब निरीक्षक गजेन्द्रबहादुर चन्द नेतृत्वको टोलीले पक्राउ गरेको हो ।
यता अर्का फरार प्रतिवादी साउदलाई भने इलाका प्रहरी कार्यालय मालाखेतीको टोलीले नियन्त्रणमा लिएको हो।