National

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको दोस्रो त्रैमासमा खुद नाफा १२४.०२ प्रतिशतले बढ्यो

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाको खुद नाफामा आकर्षक सुधार भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा बढेको हो  । कम्पनीले दोस्रो त्रैमाससम्ममा आईपुग्दा १२४.०२ प्रतिशतले वृद्धि गरेर २ करोड २८ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले गत वर्ष यसै अवधिमा भने खुद नाफा १ करोड २ लाख १८ हजार रुपैयाँ मात्र आर्जन गरेको थियो । कम्पनीको खुद ब्याज आम्दानी २६.४४ प्रतिशतले बढेर ६ करोड ७ लाख २ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन नाफा पनि १२७.९७ प्रतिशतले बढेर १ करोड ६४ लाख ८२ हजार रुपैयाँ पुगेको छ । यस्तै कम्पनीले पुस मसान्तसम्म ४१ करोड ९९ लाख २७ हजार रुपैयाँ निक्षेप संकलन गरेको छ भने १ अर्ब ७८ करोड ७२ लाख ९ हजार रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
चुक्ता पुँजी १३ करोड ३१ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड ५० लाख २४ हजार रुपैयाँ रहेको छ । कम्पनीको खराब कर्जा भने घटेर ३.२० प्रतिशतमा आएको छ । गत वर्ष खराब कर्जा ३.४८ प्रतिशत रहेको थियो । यसको कस्ट अफ फन्ड ५.९५ प्रतिशत, प्रतिसेयर आम्दानी वार्षिक ३४ रुपैयाँ ४० पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १४ पैसा रहेको छ ।

सारांश

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्