PRABHU BANK

सबैको लघुवित्त वित्तीय संस्थाको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

Sabaiko Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाको वित्तीय विवरण सार्वजनिक भएको छ । कम्पनीको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक भएको हो । कम्पनीले दोस्रो त्रैमाससम्म आईपुग्दा खुद नाफा २४.३६ प्रतिशतले बढाएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार पुस मसान्तसम्ममा ३ करोड ४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा ५९ लाख ६३ हजार रुपैयाँ बढी हो । गत वर्ष यस कम्पनीले २ करोड ४४ लाख रुपैयाँ मात्रै खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको खुद ब्याज आम्दानी घटेर १४ करोड ९७ लाख रुपैयाँमा पुगेको छ भने खुद खर्च पनि घटेर ७ करोड ८ लाख रुपैयाँमा पुगेको छ । जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद ब्याज आम्दानी १६ करोड ४ लाख रुपैयाँ र खुद खर्च ९ करोड २८ लाख रुपैयाँ रहेको थियो ।
हाल संस्थाको चुक्ता पुँजी १८ करोड ६४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड ६३ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीको निष्कृय कर्जा भने बढेर २.९४ प्रतिशत र सीडी रेसियो पनि बढेर ३४५ प्रतिशत पुगेको छ ।कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी ३२.६५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३५.५६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६०५ रुपैयाँ रहेको छ । यसैगरी कम्पनीको मूल्य आम्दानी अनुपात ३४.५५ गुणा र तरलता अनुपात २७.०८ गुणा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै