PRABHU BANK

नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड कित्ता आईपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत

Nepal Infrastructure Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत भएको छ । बैंकको २० करोड कित्ता आइपीओ नेप्सेमा सूचीकृत भएको हो । हालै सर्वसाधारणमा निष्कासन गरी बाँडफाँड पश्चात कम्पनीको सो मात्राको सेयर माघ २९ गते बिहीबार नेप्सेमा सूचीकृत भएको हो । यससँगै कम्पनीको उक्त सेयर आइतबार फागुन २ गतेदेखि दोश्रो बजारमा किनबेच हुने भएको छ । जसको लागि कम्पनीको सिम्बोल एनआईएफआरए दिइएको छ ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि न्युनतम प्रतिकित्ता ११३.६२ रुपैयाँ र अधिकतम ३४०.८६ रुपैयाँ तोकेको छ । साथै कम्पनीले सेयर सम्बन्धी कारोबारको अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायत सेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्यको लागि नक्सालको ग्लोबल आईएमई क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै