PRABHU BANK

सिद्धार्थ बैंक र ल्याण्डमार्क होटल होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता, ३५ प्रतिशतसम्म छुट पाइने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक र ल्याण्डमार्क होटल होटल रिसोर्ट एण्ड स्पाबीच सम्झौता भएको छ । बैंक र गैह्रीधारास्थित ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाबीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सिद्धार्थ बैंकका तर्फबाट प्रमुख-बिजनेस सपोर्ट/पेमेण्ट सोलुसन्स् सुरेशराज महर्जन र ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।
सम्झौता अनुसार बैंकका ग्राहकहरुले चितवन, पोखरा र काठमाडौंमा रहेको ल्याण्डमार्क होटल, रिसोर्ट एण्ड स्पामा डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैंकिङ, इन्टरनेट बैंकिङमार्फत होटल बसाई सेवाको भुक्तानी गर्दा ३५ प्रतिशतसम्मको छुट र खाना, बेबरेज तथा कार्यक्रम सेवाको भुक्तानी गर्दा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै