DISH HOME

एनएमबि बैंकको क्युआर कोडबाट कृषि बजारमा कारोबार सुरु, नगदरहित कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्य

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले क्युआर कोडबाट कृषि बजारमा कारोबार सुरु गरेको छ । बैंकले नगदरहित कारोवारलाई प्रवर्धन गर्ने उद्देश्य सहित विर्तामोड कृषि बजारमा क्षेत्रमा क्यु आरमार्फत नगदरहित भुक्तानी कारोबार सुरु गरेको हो । कार्यक्रमको औपचारिक शुभारम्भ बैंकका प्रदेश १ प्रमुख घिमिरेले कृषि व्यवसायी अमर बहादुर तामाङको पसलमा विद्युतीय भुक्तानीको प्रयोग गरी सामान खरिद गरेर गरेका थिए । कार्यक्रम सञ्चालन भने प्रदेश १ का एरिया म्यानेजर मेघ राज तिम्सिनाले गरेका थिए ।
विर्तामोड कृषि बजार व्यवस्थापन समितिका अध्यक्ष कमल प्रसाद पौडेलको सभापतित्व रहेको कार्यक्रममा प्रमुख अतिथि-विर्तामोड नगरपालिका वडा नं. ५ का अध्यक्ष राजेन्द्र प्रसाद लिङदेल, विशिष्ट अतिथि-एनएमबि बैंक प्रदेश १ प्रमुख उत्सव घिमिरे, उक्त बजार व्यवस्थापन समितिका सदस्यहरु, लगायत सुरक्षा निकाय, स्थानीय कृषि व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । उक्त परियोजनाको अभिन्न अंगको रुपमा नगद रहित कारोबार प्रवर्धन तथा साक्षरता विस्तार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा क्युआर कोडमार्फत साना तथा मझौला उद्यमीहरुलाई डिजिटल बैंकिङ् तर्फ प्रोत्साहन गर्ने प्रयास रहेको बैंकले जनाएको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै