PRABHU BANK

ग्राहकको रकम खातामा जम्मा गरिदिन्छु भनेर मेगा बैंकका एजेन्ट पैसा लिएर भागे !

Mega Bank
  • बैंकिङ संसार सम्बाददाता 
गुल्मी । मेगा बैंकका एक एजेन्ट ग्राहकको पैसा लगेर फरार भएका छन् । गुल्मीको मालिका गाउँपालिका वडा नम्बर ७ घमिर भानुपोखरामा रहेको बैंकको शाखारहित बैङ्किङ कार्यक्रमका एजेन्ट हरिनारायण लम्साल ग्राहकको रकम लगेर फरार भएका हुन् ।
उनले ग्राहकको पैसा बैंक खातामा जम्मा गरिदिन्छु भनेर रकम लागेका थिए । तर उक्त पैसा जम्मा नगरी आफुले नै लगेर भागेका हुन् । यस्तै उनले कयौं व्यक्तिसँग पैसा लिएर नक्कली भौचर दिएको तर बैंक खातामा पैसा नै नचढाएर ठगी गरेको पनि पाइएको छ । लम्साल माघ १७ गतेदेखि सम्पर्कका नभएको बताइएको छ ।
उनले उक्त स्थानमा थुप्रै ग्राहकहरुलाई ठगी गरेको खुलासा भएको छ । स्थानीयवासीका अनुसार १ करोडभन्दा बढी रकम उनले ठगी गरेका छन् । सो क्षेत्रमा लम्सालले मेडिकल पसल, मनिट्रान्सफर र कम्युनिकेसन कारोबारसमेत गर्दै आएका थिए । उनले भानुपोखरामै ३ तले पक्की घर बनाउन सुरु समेत गरेका थिए । फरार भएका उनको अहिले खोजी कार्य भैरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै