कुमारी बैंकको २ हजार ३० कित्ता संस्थापक सेयर बिक्रीमा, विद्यमान संस्थापकलाई आवेदन दिन आग्रह

काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याउने भएको छ। बैंकले यो सेयर आफ्नै विद्यमान संस्थापक सेयर धनीहरूलाई बिक्री गर्न लागेको हो।

सेयरको मूल्य बिक्रेताले तोकेको दरअनुसार हुनेछ। इच्छुक संस्थापक सेयरधनीहरूले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र कुमारी क्यापिटल लिमिटेड (नक्साल) वा बैंकको प्रधान कार्यालय (टंगाल) मा निवेदन दिनुपर्नेछ।

बैंकले तोकेको समयभित्र आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणलाई बिक्री गरिने जानकारी दिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्