PRABHU BANK

लक्ष्मी बैंकको नयाँ लोन सेवा सुरु, बिना कागजपत्र २ लाखसम्म कर्जा पाइने

Laxmi Bank
  • बैंकिङ संसार
काठमाडौं । लक्ष्मी बैंक लिमिटेडले नयाँ लोन सेवा सुरु गरेको छ । बैंकले एफ-वान सफ्टसँगको सहकार्यमा स्मार्ट फोनलोन सेवा सुरु गरेको हो । स्मार्ट फोन लोन १ कर्जा रुपी सेवा हो जसअन्तर्गत योग्य ग्राहकहरुले लक्ष्मी बैंकको मोबाईल मनी एपबाटै अधिकतम २ लाख रपैयाँसम्मको कर्जा लिन सक्नेछन् ।
कर्जाको मात्रा ग्राहकको खातामा भएको कारोबारको आधारमा तोकिने र सो गणना एप को एनलाइटिक्स सफ्टवेरले गर्ने भएको छ । हालका लागि यो सेवा बैंकमा तलब तथा बचत खाता हुने ग्राहकहरुका लागि हुनेछ भने विस्तारै यो सेवा अन्य ग्राहकहरुका लागि उपलब्ध गराउँदै लगिने बैंकले जनाएको छ । आफ्ना सेवाहरुलाई डिजिटलमैत्री बनाउँदै ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले लक्ष्मी बैंकले नयाँ सेवा संचालनमा ल्याएको जनाएको छ ।
बैंकको अनुसार यो कर्जा पुरै डिजिटलमैत्री भएकाले कुनै कागज-पत्र तथा निवेदन बिनानै लिन सकिने र यो पुर्व स्वकृति हुने हुँदा कुनै धितो बिना प्रदान गरिनेछ । यस कर्जा अधिकतम ३० दिनको अवधिका लागि प्रदान गरिनेछ भने कर्जा उपलब्ध हुने बितिकै कर्जा रकम ग्राहकको खातामा जम्मा हुने व्यवस्था रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै