कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा, २ लाख ६० हजार कित्ता उपलब्ध

काठमाडौं । कामना सेवा विकास बैंकले आफ्ना संस्थापक सेयर बिक्रीका लागि सार्वजनिक गरेको छ। बैंकले वैशाख १४ गतेदेखि २ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो।

बैंकका अनुसार, उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इच्छुक संस्थापक सेयरधनीले आगामी ३५ दिनभित्र आफू कति कित्ता सेयर खरिद गर्न चाहन्छन् भन्ने उल्लेख गर्दै बैंकको केन्द्रिय कार्यालयमा निवेदन दिनु पर्नेछ।

यदि निर्धारित समयभित्र विद्यमान संस्थापक सेयरधनीबाट सेयर खरिदको निवेदन प्राप्त नभएमा, बैंकले प्रचलित कानुनअनुसार अन्य इच्छुक लगानीकर्तालाई सेयर बिक्री गर्ने जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्