PRABHU BANK

एनएमबि बैंकको क्यूआर कोड महानगर फलफूल तथा तरकारी बजारमा, नगदरहित कारोवारलाई प्रवर्द्धन गर्ने उद्देश्य

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंकले महानगर फलफूल तथा तरकारी बजार क्षेत्रपुर चितवन क्षेत्रमा क्यूआर कोडमार्फत नगदरहित भुक्तानीलाई प्रवर्द्धन गर्न एक कार्यक्रमको आयोजना गरेको छ । बैंकको वागमती प्रदेश प्रमुख गणेश पराजुलीको सभापतित्वतामा महानगर फलफूल तथा तरकारी बजार, क्षेत्रपुर, चितवनका व्यवसायीहरुलाई क्युआर क्यूआर कोड हस्तान्तरण कार्यक्रम गरिएको हो ।
एनएमबि बैंक नारायणगढ लायन्स चोक शाखा प्रमुख विवेक अधिकारीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् । बैंकका प्रदेश प्रमुख पराजुलीले धिताललाई क्यूआर कोड हस्तान्तरण गरेका थिए । सो कार्यक्रममा फलफूल तथा तरकारी थोक व्यवसायी संघका उपाध्यक्ष मुकुन्दप्रसाद गौतम, महासचिव जयराम पाण्डे, व्यवसायी पुरुषोत्तम गौतम तथा तरकारी व्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै