एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा

काठमाडौँ। एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन्। बैंक सञ्चालक समितिको निर्णयअनुसार वैशाख १० गतेदेखि लागू हुने गरी घिमिरे सीईओ बनेका हुन्।

यसअघि उनी डेपुटी सीईओ थिए। उनको कार्यकाल ४ वर्षको हुनेछ। पूर्व सीईओ सुनिल केसीको कार्यकाल सकिएसँगै घिमिरेले जिम्मेवारी सम्हालेका हुन्।

साथै, सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरिएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्