PRABHU BANK

एनआइसी एसिया बैंकले ल्यायो नयाँ अफर, मोबाइल बैंकिङबाट टपअप गर्दा आइफोन १६ जित्न सकिने !

काठमाडौँ । एनआइसी एसिया बैंकले नयाँ अफर ल्याएको छ । बैंकले नयाँ वर्षको अवसरमा एनआइसी एसियाको मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकहरुका लागी आइफोन १६ जित्ने अफर ल्याएको हो ।

बैंकले मोबाइल बैंकिङ सेवा प्रदायक एफवानसफ्ट प्रालिसँगको सहकार्यमा आफ्ना ग्राहकहरुका लागि आकर्षक योजनासहितको ‘नयाँ वर्षको नयाँ सुरुवात, जित्नुहोस् आइफोन १६’ योजना घोषणा गरेको छ । यस योजनामा सहभागी हुने ग्राहकहरुले आइफोन १६ जित्न सक्नेछन्।

यस योजनामा सहभागी हुनका लागि ग्राहकहरुले यस बैंकको मोबाइल बैंकिङ एप (मोबैंक) मार्फत रु १०० वा सो भन्दा बढीको मोबाइल टपअप गर्नुपर्ने छ । यस योजना अवधी समाप्त भएपछि यस योजनामा सहभागी हुने ग्राहकहरुमध्येबाट गोलाप्रथाद्वारा एक जना भाग्यशाली ग्राहकलाई विजेता घोषणा गर्दै आइफोन १६ दिइने बैंकले जनाएको छ।

यो योजना २०८२ वैशाख १ गतेदेखि २०८२ वैशाख ३१ गतेसम्म सञ्चालन हुनेछ । साथै, नयाँ वर्ष २०८२ ले ग्राहकहरुमा थप खुसी, उत्साह र उमंग थपोस् भन्ने कामनासहित यस योजनाले ग्राहकहरुसँगको आत्मीय सम्बन्ध अझ बढी प्रगाढ, सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बनाउनेछ भन्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै