PRABHU BANK

सेञ्चुरी बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता, उद्यमीहरुलाई सहुलियतपूर्ण कर्जा प्रदान गर्ने

Century Bank
  • बैंकिङ संसार
काठमाडौं । सेञ्चुरी बैंक र नेपाल राष्ट्रिय व्यवसायी महासंघबीच सम्झौता भएको छ । बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघमा आवद्ध उद्यमी व्यवसायी सहुलियतपूर्ण कर्जा दिने सम्बन्धमा उक्त सम्झौता भएको हो । उक्त समारोहमा बैंकले नेपाल राष्ट्रिय व्यवसायी महासंघ र महासंघ अन्तर्गतका भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघ र नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघसँग छुट्टाछुटै सम्झौता गरेको छ ।
बैंकको तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभाग प्रमुख प्रविन कुमार दाहाल, साना तथा मझौला कर्जा विभाग प्रमुख राजेन्द्रप्रसाद तिमसिना र नेपाल राष्ट्रिय व्यवसायी महासंघको तर्फबाट अध्यक्ष नरेशकुमार कटुवाल, भोटेवहाल तयारी पोशाक उत्पादन तथा विक्रेता संघका तर्फबाट अध्यक्ष चन्द्र लामिछाने, नेपाल जुत्ता चप्पल उद्योग व्यवसायी संघका तर्फबाट अध्यक्ष आनन्द पौडेलले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौता अनुरुप महासंघमा आवद्ध उद्यमी व्यवसायीलाई बैंकले सरल, सहज तथा सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने भएको छ ।
उक्त सहज एवं सहुलियतपूर्ण कर्जाबाट व्यवसायीलाई कोभिड-१९ को विश्वव्यापी महामारीले पुर्याएको प्रतिकूल प्रभावलाई कम गरी व्यवसायमा निरन्तरता दिन, व्यवसाय वृद्धि तथा उद्यमशीलता प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले १२० शाखा १० एक्सटेन्सन काउन्टर, २२ ब्रान्चलेस बैंकिङ र ८८ एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै