PRABHU BANK

नेपाल स्टक एक्स्चेन्जमा स्पर्श लघुवित्त र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत

Sparsha Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । स्पर्श लघुवित्त र आईसीएफसी फाइनान्सको नेपाल स्टक एक्स्चेन्जमा बोनस सेयर सूचीकृत भएको छ । फागुन ११ गते मंगलबार स्पर्श लघुवित्त वित्तीय संस्था र आईसीएफसी फाइनान्सको बोनस सेयर सूचीकृत भएको हो ।
जसमध्ये स्पर्श लघुवित्तको १९.५० प्रतिशत अर्थात १ लाख ८२ हजार ८०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो । यस्तैगरी आईसीएफसी फाइनान्सको १०.५० अर्थात ९ लाख ७७ हजार ६३८ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । यससँगै यी दुई संस्थाको सो मात्राको बोनस सेयर अबको केही दिनमा सेयरधनीको डिम्याट खातामा जम्मा हुने भएको छ । त्यसपछि दोश्रो बजारमा सेयर किनबेच गर्न पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै