PRABHU BANK

महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् पारित हुने मुख्य एजेण्डा

Mahila Sahayatra Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले आफ्नो ८औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयानुसार उक्त सभा चैत १८ गते बुधबार ओम अध्याय रिट्रीट रिसोर्ट थाहा नगरपालिका-६ मकवानपुरमा बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत गद लाभांश (कर प्रयोजनार्थ) गरी कुल १०.५३ प्रतिशत लाभांश पारित गर्ने भएको छ । त्यसैगरी संस्थाले साधारण सभा र लाभांश प्रयोजनका लागि चैत १ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले फागुन २९ गतेसम्म नेप्सेमा कायम सेयरधनीहरुले मात्र लाभांश पाउन र सभामा भाग लिन सक्ने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै