PRABHU BANK

नबिल बैंकले महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा साथ दिने

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । कोभिड-१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारी तथा स्थानीय स्वास्थ्य संरचनाको अभिवृद्धिमा नबिल बैंकले साथ दिने भएको छ । नबिल बैंक लगायत विभिन्न संस्थाले कोभिड/१९ महामारी विरूद्ध लड्नका निम्ति एमओएचपी-स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग समन्वय गरि स्थानीय अग्रपंक्तिका स्वास्थ्यकर्मीका लागि क्षमता वृद्धिको पहिलो संयुक्त पहल गरेका छन् । उक्त पहल नबिल बैंक, एमओएचपी, एशियाली प्रकोप तत्परता केन्द्र (एडीपीसी), राष्ट्रिय प्रकोप जोखिम न्यूनीकरण केन्द्र (एनडीआरसी) र चौधरी फाउण्डेशनद्वारा गरिएको हो ।
स्वास्थ्य आपतकालीन प्रतिक्रिया र प्रकोप जोखिम व्यवस्थापनमा यो सार्वजनिक-निजी साझेदारी पहल हो । महामारीका लागि तत्परता र प्रतिक्रिया दिनका लागि एकदिवसीय अभिमुखीकरण कार्यक्रम ६ प्रदेशहरुमा सम्पन्न भइसकेको छ । त्यस्तै अर्को हप्ता कर्णाली प्रदेशमा कोभिड-१९ र अन्य स्वास्थ्य आपतकालीन/प्रकोप जस्ता महामारीका लागि तत्परता र प्रतिक्रियाका लागि स्थानीय स्वास्थ्य प्रणालीको सुदृढीकरण गर्ने लक्ष्य राखिएको छ । दुवै सार्वजनिक र निजी स्वास्थ्य सुविधाहरू र मानवीय संगठनहरूका २८० भन्दा बढी अग्रपंतिका स्वास्थ्यकर्मीले सक्रियरूपमा एक दिवसीय अभिमुखीकरण कार्यक्रममा भाग लिएका थिए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै