PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकद्धारा नारी दिवसको अवसरमा नारी बचत खाता सार्वजनिक

Shangri-La Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले नारी दिवसको अवसरमा नारी बचत खाता सार्वजनिक गरेको छ । बैंकले १८ वर्ष उमेर नाघेका महिलाको हितलाई ध्यानमा राखी उक्त खाता सार्वजनिक गरेको हो । बैंकले उच्चतम ब्याजदरका साथै बचत गर्न प्रोत्साहित गर्नको लागि उक्त खाता सार्वजनिक गरेको हो ।
उक्त खाता खोल्ने ग्राहकलाई वार्षिक ५ प्रतिशतका दरले मासिक रुपमा व्याज भुक्तानी दिने बैंकले जनाएको छ । साथै लकर शुल्कमा पहिलो वर्षको लागि ५० प्रतिशत छुटको व्यवस्थासमेत गरेको छ । यससँगै मोबाइल बैंकिङ तथा भिसा डेबिट कार्ड सुविधा पहिलो वर्षको लागि निशुल्क गरिएको छ । बैंकका अनुसार उक्त खाता बैंकको जुनसुकै शाखाबाट पनि खोल्न सकिने छ । हाल बैंकको ९५ वटा शाखा सञ्चालनमा रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै