PRABHU BANK

वाणिज्य बैंकहरूको कर्जा लगानी ४८ खर्ब बढी, सबैन्दा कम कर्जा लगानी प्रभु बैंकको (विवरणसहित)

काठमाडौँ । वाणिज्य बैंकहरूले ४८ खर्ब बढी कर्जा लगानी गरेका छन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा बैंकहरूले ४८ खर्ब २७ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

जसमध्ये सबैभन्दा धेरै कर्जा लगानी ग्लोबल आईएमई बैंकले गरेको छ भने सबैन्दा कम कर्जा लगानी प्रभु बैंकले गरेको छ । ग्लोबल आईएमई बैंकले सबैभन्दा धेरै ४ खर्ब ३१ अर्ब ३४ करोड रुपैयाँ र प्रभु बैंकले सबै भन्दा कम २ खर्ब ३४ अर्ब ३३ करोड रूपैयाँ कर्जामा लगानी गरेका छन् ।

समीक्षा अवधीमा एभरेष्ट बैंकले २ खर्ब २० अर्ब ८२ करोड रुपैयाँ, एनएमबि बैंकले २ खर्ब ३२ अर्ब ७ करोड रुपैयाँ, नबिल बैंकले ४ खर्ब ११ अर्ब ८३ करोड रुपैयाँ, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८१ अर्ब ६१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले ३ खर्ब ५१ अर्ब ५० करोड रुपैयाँ, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८३ अर्ब ५३ करोड रुपैयाँ, प्राइम कमर्सियल बैंकले २ खर्ब १२ अर्ब ८२ करोड रुपैयाँ र नेपाल बैंकले २ खर्ब २४ अर्ब २२ करोड रुपैयाँ कर्जा लगानी गरेका छन्।

यता, सिद्धार्थ बैंकले २ खर्ब १६ अर्ब ५७ करोड रुपैयाँ, माछापुच्छ्रे बैंकले १ खर्ब ४३ अर्ब ७२ करोड रुपैयाँ र सानिमा बैंकले १ खर्ब ७७ अर्ब ३४ करोड रुपैयाँ, सिटिजन्स बैंकले १ खर्ब ६८ अर्ब ६८ करोड रुपैयाँ, कुमारी बैंकले ३ खर्ब १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल एसबिआई बैंकले १ खर्ब ३९ अर्ब ४८ करोड रुपैयाँ, हिमालयन बैंकले २ खर्ब ५० अर्ब ८२ करोड रुपैयाँ, कृषि विकास बैंकले २ खर्ब ७ अर्ब १८ करोड रुपैयाँ, एनआईशी एशिया बैंकले २ खर्ब ५२ अर्ब रूपैयाँ, स्ट्याण्डर्ड चार्टर्ड बैंकले ८५ अर्ब ८७ करोड रुपैयाँ र प्रभु बैंकले २ खर्ब ३४ अर्ब ३३ करोड रूपैयाँ कर्जामा लगानी गरेका छ्न् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै