काठमाडौँ । पोखरा फाइनान्सका सिइओ रवि चन्द्र गुरुङ पदमुक्त भएका छन् । बुधबार साँझ बसेको फाइनान्सको ५४३औँ सञ्चालक समितिको बैठकले गुरुङलाई माघ २३ गतेदेखि लागू हुनेगरि पदमुक्त गरेको हो ।
यद्यपि गुरुङलाई के कारणले पदमुक्त गरियो ? भन्ने कारण भने सञ्चालक समितिले खुलाएको छैन ।
तर, वित्तीय अवस्था झन्झन् खस्किँदै गइरहेको र गुरुङको नेतृत्वमा खासै काम पनि नभएको महसुस भएपछि सञ्चालक समितिले उनलाई पदमुक्त गरेको फाइनान्सका एक सञ्चालकले बताएका छन् ।
गुरुङलाई सिइओबाट पदमुक्त गरिएसँगै सञ्चालक समितिले संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत राजु मोहन भट्टराईलाई कामु सिइओको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।