PRABHU BANK

एनआईबीएल एस क्यापिटल र सिटिटेक ग्रुपबीच सम्झौता, सिपमार्फत लगानी गर्ने उदेश्य

nibl-ace-capital

  • बैंकिङ संसार

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र सिटिटेक ग्रुप प्रा।लिबीच एनआईबीएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा ‘Corporate Payroll SIP’ मार्फत उक्त कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस योजना अन्तर्गत, सिटिटेक ग्रुप प्रा.लि.का विभिन्न तहका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश निरन्तर एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजना ९क्क्ष्ए० मार्फत लगानी गर्न सक्नेछन् ।

उक्त सम्झौतामा सिटिटेक ग्रुप प्रा.लि.का तर्फबाट कम्पनिका वित्तीय प्रमुख अच्युत अधिकारी र एनआईबीएल एस क्यापिटल लिमिटेडका तर्फबाट नायव महाप्रबन्धक सचिन्द्र ढुंगानाले चैत्र २० गते सोमबारका दिन हस्ताक्षर गरेका हुन् ।

सिटिटेक ग्रुप प्रा.लि. ले नेपालमा फिनटेक, इनोभेटिभ सलुशन, रेमिटेन्स, माइक्रो-लेन्डिङ, डिजिटल पेमेन्ट, वालेट, पी.ओ.एस., ब्लकचेन जस्ता सेवाहरु संचालन गर्दै आइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै