PRABHU BANK

बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढ्यो, अन्तरबैंक ब्याजदर कति ?

काठमाडौँ । बैंक तथा वित्तीय संस्थाहरुको कर्जा प्रवाह बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको  कर्जा प्रवाह एकैदिन १ अर्ब रुपैयाँले बढेको हो।

माघ ९ गते ५४ खर्ब ११ अर्ब कर्जा प्रवाह भएको बैंकहरूको माघ १० गते ५४ खर्ब १२ अर्ब निक्षेप संकलन भएको छ।

यता, वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने घटेको छ। माघ ९ गते ४७ खर्ब ९७ अर्ब कर्जा प्रवाह भएको बैंकहरूको माघ १० गते ४६ खर्ब ९९ कर्जा प्रवाह भएको छ ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरुको औसत सिडी रेसियो ७८.२९ प्रतिशत छ भने अन्तरबैंक ब्याजदर ३ प्रतिशत कायम भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै