PRABHU BANK

सिभिल बैंकको नयाँ एक्सटेन्सन काउन्टर मोरङमा, बिमल सापकोटाद्धारा उद्घाटन

Civil Bank
  • बैंकिङ संसार
मोरङ । सिभिल बैंक लिमिटेडले नयाँ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको छ । बैंकले मोरङ जिल्ला विराटचोकको करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर संचालनमा ल्याएको हो । उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन आन्तरिक राजश्व कार्यालय विराटनगरका प्रमुख बिमल सापकोटाले गरेका हुन् ।
योसँगैं त्यस क्षेत्रका सेवाग्राहीहरुले नेपाल सरकार अर्थ मन्त्रालय आन्तरीक राजश्व विभागसँग सम्बन्धित करहरुको भुक्तानी सिभिल बैंकको एक्सटेन्सन काउन्टरमार्फत सजिलैसँग गर्न सक्ने भएका छन । बैंकले हालसम्म ५ लाख भन्दा बढी ग्राहकहरुलाई १ सय १४ शाखाहरु, ८९ एटिएम र यस एक्सटेन्सन काउन्टर सहित ७ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै