काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले निक्षेपकर्ताको पैसा डुब्न नदिने बताएका छन् । गभर्नर अधिकारीले बिहीबार राष्ट्रिय वाणिज्य बैंकको ६० औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।
उनले कुनै संस्था समस्यामा पर्यो भने त्यसको तथ्यांक राष्ट्र बैंकमा हुने बताएका छन् । उनले भने, कुनै पनि वित्तीय संस्थालाई व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो, ‘राष्ट्र बैंकले रेगुलेट गरेको संस्थाको डिपोजिटरलाई हामी कुनै पनि हालतमा समस्या पर्न दिँदैनौँ । त्यो हाम्रो प्रत्याभूति नै हो ।’
उनले बैंक डुब्न लाग्यो भन्ने बाहिरी हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई नजिकबाट हेरिरहेको उनको भनाइ थियो ।